थप १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टी, २५ संक्रमीतको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ५७७ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५६ हजार ४९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ३६५ परीक्षणबाट ४८८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ११७ परीक्षणमा २ हजार ६५ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० छ । नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६६३ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्