तेह्रथुम पावर कम्पनीको आइपीओ भर्ने आइतबार अन्तिम दिन

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । तेह्रथुम पावर कम्पनीको ८ लाख कित्ता आइपीओ आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमा ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
तेह्रथुमको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्