६ करोड ९१ लाख लागतमा फ्याउरे सिँचाइ आयोजना सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

इलाम  । इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाई आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

१५ करोड तीन लाखमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरिएसन भई जम्मा १६ करोड ९१ लाखमा आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएकोे ईञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिनुभयो । डिजाइन परिवर्तन, चण्डालघाटमा पुल ढिलो निर्माण भएको र कोरोना महामारीबीच गत आर्थिक वर्षदेखि निर्माणले तिब्रता लिएको निर्माण व्यावसायि टङ्क गजुरेलले बताउनुभयो ।

आयोजनाले नगरपालिकाका वडा नं ६, ७ र ८ को ११५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा मिलेको छ । आयोजनाको जम्मा २४ किलोमिटरमध्ये हाल साढे पाँच किमि खण्डमा पानी सञ्चालन भएको छ । ढिलैगरी सम्पन्न भए पनि योजना निर्माण भएको र सिँचाइ आयोजनाबाट निरन्तर पानी आएमा नगरपालिकाका तीन वडामा हिउँदेबाली लगाउन किसानलाई फाइदा पुग्ने नगर प्रमुख दीपक थेवेले बताउनुभयो । प्रदेशसभा सदस्य धीरेन शर्मा रमणले आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न पहल गरिने बताउनुभयो ।

पहाडी जिल्ला इलामको यो भाग जिल्लाको तल्लो क्षेत्र भएकाले तराईमा झैँ उब्जनी हुन्छ । यहाँ तराईसँग जोडिएको क्षेत्र भएकाले पनि उत्पादन बढी हुने गरेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव कुमालले अब यस आयोजनालाई निरन्तर सञ्चालनका लागि आफुहरु क्रियाशील रहने बताउनुभयो । विशेष गरेर दुई बाली धान भित्र्याउने सो क्षेत्रमा पानीकै समस्या रहँदै आएको थियो । अब भने मकै, गहुँलगायतका अन्य उत्पादनसमेत वृद्धि हुने बताइएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्