सोमबार सेयर बजार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सेयर बजार बन्द हुने भएको छ । भदौ १४ गते सोमबार कृष्णजन्माष्टमी परेकाले सरकारले सार्वजनिक विदा दिएकाले सेयर बजार बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे खुल्ने भएको छ ।

यसअघि आइतबार नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० बिन्दुमा पुगेको थियो । जसमा १५ अर्ब ६५ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्