मन्त्रिपरिषद् विस्तारबारे मंगलबार पनि सत्तारुढ गठबन्धन छलफलमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे आज पनि सत्तारुढ गठबन्धनको छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरु छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, (नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता डा.बाबुराम भट्टराई, उपेन्द्र यादवसहितको बैठक बसिरहेको देउबाका स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

आजको बैठकबाट मन्त्रालय भागबण्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीको स्थायी कमिटी बैठकमा जानकारी गराएका थिए ।

मन्त्रालय भागबण्डा मिले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पारेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु पर्ने मत कतिपय नेताले व्यक्त गरेका छन् । पछिल्लो अध्यादेशअनुसार फुटेका दल रोज्न पाउने समयावधि भदौ २२ सम्म निर्वाचन आयोगले दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्ने कोणबाट पनि छलफल भएको स्रोतले जनाएको छ ।-रासस

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्