सभापतिको उम्मेदवार छान्न पौडेल समूहको बैठक बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।

मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारीदिएका छन् । उनका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

पौडेल समूहमा सभापतिका लागि चार नेता आकांक्षी छन् । पौडेलसहित महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सभापति पदमा दावी गरेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्