उपत्यकाकामा फेरी निषेधाज्ञा थप्ने तयारी, निर्णय गर्न प्रजिअहरुको बैठक बस्दैँ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा थप्ने निर्णय गर्न आज बैठक बस्दै छन् ।दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको अवधि थप्नेछ ।

अबको निषेधाज्ञामा विद्यालय पनि सञ्चालन गर्न दिने तयारी पनि भएको जनाइएको छ । तर विद्यालय सञ्चालनको मोडालिटी तयार भइनसकेकाले त्यसबारे आवश्यक छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोरोना भाइरसको महामारी बढेपछि गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ पछिल्लो समय खोप लगाउनेहरु बढेको तथा संक्रमण घटेको भन्दै निषेधाज्ञा खुकुलो बनाउनु पर्ने माग बढेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्