चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति

Ad
  • कालोपाटी सम्बाददाता

सराकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिष्द् बैठकले चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रसहितको समिति गठन गर्ने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले उक्त समितले अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्ने जानकारी दिए । स्वीस सरकारको सहयोगमा दिगो तथा सम्मानीत रोजगारीका लागि शीप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १ अर्व ९३ करोड अनुदान सायता स्वीकार गर्ने सरकारले निर्णय गरेको कार्कीले जानकारी दिए ।

उनले माओवादी सेनाका धाइते, अपांग, लडाकुलगायतका विभिन्न आन्दोलनमा घाइतेहरुका लागि पुःन स्थापना हेरचाह दास्रो संशोधन निर्देशीका स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । कार्कीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्