सानिमा लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं– सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ ।

३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको सेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको सेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ ।

सानिमाको २ करोड कित्ता सेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । विहीबार बजार खुलेदेखि सेयर कारोबारमा घटबढ भइरहेको छ । लागतार गिरावट आएको बजारमा बुधबार सामान्य सुधार आएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्