शिक्षामा समाजको योगदान : प्रदेश प्रमुख गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उहाँले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताउनुभयो ।

प्रदेश प्रमुख गुरुङले यस क्याम्पसको शैक्षिक एवं भौतिक विकासमा अझै सबैको साथ र सहयोग भए आर्थिक स्रोत न्यून भएका विद्यार्थीका लागि उच्च शिक्षा आर्जन सहज हुनेमा जोड दिनुभयो ।

क्याम्पसका संस्थापक जर्ज जोनले यसको स्थापना एवं सञ्चालनमा तत्कालीन शिक्षाप्रेमीलगायत स्थानीयवासीको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्नुभयो । क्याम्पस प्रमुख प्रा डा सरोज कोइराला र व्यवस्थापन सङ्काय प्रमुख डा नीरबहादुर कार्कीले क्याम्पसको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।प्रदेश प्रमुख गुरुङले क्याम्पस हातामा स्थापना गरिएको स्मृति भवन पनि अवलोकन गर्नुभएको थियो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्