रामचन्द्र पौडेल समूहले केन्द्रीय सभापतिका लागि एउटै उम्मेदवार चयन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनमा एउटै उम्मेदवार चयन गर्ने बताएको छ । बिहीबार केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै उक्त समूहले केन्द्रीय सभापतिका लागि आफ्नो पक्षबाट एउटै उम्मेदवार तय गरिने पौडेलले बताएका हुन् ।

तर, उनले को उम्मेदवार बन्ने भन्ने स्पष्ट गरेनन् । पार्टीको केन्द्रीय महाधिवेशन आउन अझै समय रहेकाले विस्तारै त्यसबारे निर्णय लिइने पौडेलले बताए ।पत्रकार सम्मेलनमा महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसह-महामन्त्री अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, सुजाता कोइरा, डा. मिनेन्द्र रिजाल, गगन थापालालगायत नेता उपस्थित थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्