सेयर बजारमा भारी गिरावट, नेप्से ५० अंकले घट्यो, कारोबार रकम साढे ९ अर्ब मात्रै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहिबार कुल २३० कम्पनीको १ करोड ८९ लाख ९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५७ करोड ४० लाख बढीको सेयर कारोबार भएको छ । आज बिहिबार सबै समूहका उपपरिसूचक घटेका छन् ।

यता बिहिबारको बजारमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा सानिमा लाईफ सर्किट लागेको हो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स, खानिखोला हाइड्रोपावर, डिप्रोक्स लघुवित्त वित्तीय संस्था,कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्