पाँचकिलोमा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नारायणगढ(मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्