थप १ हजार ७५६ कोरोना संक्रमित थपिए, २३ संक्रमीतको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७७३ जनाको पीसीआर परीक्षणमा १ हजार ३५७ र ४ हजार ५६१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९९ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्