असईको नतिजा प्रकाशित, ५०३ जना उत्तीर्ण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल प्रहरीको जनपद तर्फ प्रहरी सहायक निरीक्षक (असई) को नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।

नतिजाअनुसार सबै समूहमा गरेर ५०३ जना उत्तीर्ण भएका छन् । नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागका अनुसार २०७६ साल १० महिना १ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परीक्षाका साथै अन्तर्वार्तामा पनि उत्तीर्णका भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

उत्तीर्ण उम्मेदवारहरुलाई आगामी भदौ २८ गते सोमबारका दिन मानवसोत एवं प्रशासन विभागमा उपस्थित हुन सूचित गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्