भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आर आर क्याम्पस अगाडी अनेरास्ववियुले भारतीय सुरक्षाकर्मीकै कारण दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो । पुत्ला दहन गर्दै बिद्यार्थीले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद लगाएतका नारा लगाएका थिए ।

साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले जयसिंह धामीको बेपत्ता हुनुमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको देखिएको उल्लेख गर्दै छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्ने सुझावसमेत दिएको छ । भारतले भने उक्त घटनामा अनविज्ञता प्रकट गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्