महिलाद्धारा उत्पादन गरिएका सामग्रीको प्रदर्शनी

Ad
  • कालोपाटी सम्बाददाता

तीजको पूर्वसन्ध्यामा दमक नगरपालिकाले महिलालाई उद्यमसँग जोड्ने उद्देश्यले पाँच दिवसीय तीज महोत्सव सञ्चालन गरेको छ ।

दमक नगरपालिका–५ मा शुक्रबारदेखि आयोजित महोत्सवमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी दमकका उद्यमी महिलाले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको हो  ।

जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा सीपमूलक तालिम दिएको थियो । महोत्सवमा पूर्वाञ्चल बहिरा सङ्घ, दमक अपाङ्ग सहयोग समिति र भूटानी शरणार्थी अपाङ्ग सङ्गठनमा आबद्ध महिलाले उत्पादन गरेको घरेलु सामानको स्टल राखिएको छ । सुनको जस्तै देखिने ग्यारेन्टीका गहना, ढाकाटोपी, ढाकाका कपडा, गुडिया, कपासको बाती, चुरा, पोते र मालालगायतका अनेकन सामान प्रदर्शनीमा राखिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्