लगानीकर्ताले मागे गभर्नर अधिकारीको राजनीनामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सेयर लगानीकर्ताहरुले राजनीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै सेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु आक्रोषीत बनेका छन् ।

सोहि बिषय लाइ लिएर भोलि भिहान ११ बजे देखि राष्ट्रबैक अगाडी धर्ना को कार्यक्रम रहेको स्रोतको दाबि छ। आइतबार पनि १ बज्दै बजार -१४७.३१ अंकले घटेर ४० मिनेटको लागि बन्द भएको छ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । करोडौं रकमको सेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन अब सक्नुहुनेछ ।

सो व्यवस्थापछि लगातार सेयर बजार घटिरहेको छ । बजारमा निकै ठूलो नकरात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संर्घष समिति नै गठन गरेको छ । उक्त् समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनु पर्ने माग अघि सारेको छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्