नेपाल र भारतबीच हुने फुटबलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार नेपाल र भारतबीच दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ। म्याच प्रसारण गर्नका एडप्याड र हाम्रो पात्रोबीच सहकार्य भएको छ।

अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिंक मा क्लिक गर्न सक्नुहुनेछ । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपालभर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुहोस् । यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ । त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकेट खरिद गर्नुहोस् र ‘वाच नाव’मा थिच्नुहोस् । यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिनेछ । सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ । प्रत्यक्ष प्रसारण लिंकका लागि  यो लिंकमा क्लिक गर्नुहोस् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्