एमसीसी सम्झौता नेपालको हितमा छैन : डा. भीम रावल

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गरे । नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसदमा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौ भनेर हेरिरहेको उनले बताए ।

रावलले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि जिकिर गरे । भारत, चीनलगायतका देशसँगपनि नेपालले विभिन्न सम्झौता गरेको भन्दै ती सम्झौताहरु संसद्मा नपठाईएको रावलको भनाई छ । उनले दार्चुला महाकारी घटना देखि नेपाल भारत सीमा समस्या रहेका बेला सरकारले चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको भन्दै आपत्ती जनाए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्