संखुवासभामा ६ जनाको विभत्स हत्या

Ad
  • कालोपाटी सम्बाददाता

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका  ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय संखुवासभाले  जानकारी दिएको छ  ।

हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई नाती छन् । तेजबहादुरका  बुवा  भने घरभित्रै सकुशल फेला परेका छन्।

घटनास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्ने हुनाले प्रहरी घटनास्थलमा पुग्न केहि समय लागेको थियो।

छिमेकिका अनुसार तेजबहादुरलाई घरदेखि पर रोडमा लगेर मारेका देखिएको छ । बुहारी र श्रीमतीको  लास घर भन्दा तल  खोलामा मारेको पयिएको छ । नाती र नातिनीको शव  घरदेखि माथि खरबारीमा छन् । आमाको शव घरभित्र छ । घटना मा धेरै जनाको संलग्नता देखिन्छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्