कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ फरार भएका एक व्यक्तिलाई २७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई घटना भएको २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हो।

टेम्केमैयुङ–७ का २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले तीन वर्ष कैद सजाय सुनाएको थियो।

घटनापछि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्