महानगर शिक्षा विभागले गर्यो काठमाडौं महानरपालिकालाई साक्षर महानगरपालिका घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानरपालिकालाई साक्षर महानगरपालिका घोषणा गरिएको छ । महानगरभित्रका कुल जनसंख्याको ९६.६ प्रतिशत साक्षर भएको हुँदा राष्ट्रिय मापदण्ड अनुसार महानगर शिक्षा विभागले सोमबार साक्षर घोषणा गरिएको हो ।

बाग्मती प्रदेशका नगर महानगरहरु सबै घोषणा भइसकेको अवस्थामा काठमाडौं महानगरमात्र साक्षर हुन घोषणा हुन बाँकी रहेको हुँदा महानगरलाई साक्षर घोषणा गरिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

यसका लागि महानगरले गत वर्षदेखि नै गृहकार्य गरेको उनले बताए । कुल जनसंख्याको ९६।६ प्रतिशत साक्षर भएको हुँदा साक्षर घोषणा गरिएको उनको भनाइ छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्