चितवनमा ९० वडाका अधिवेशन सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो ।

कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ वडामा आज निर्वाचनको प्रक्रिया सुरुआत भएको जानकारी दिनुभयो । बाँकी रहेका वडामा राप्ती नगरपालिका–६, खैरहनी नगरपालिका–४, भरतपुर महानगरपालिका–४, ६, ७, १५, र १९ छन् । यस्तै माडी नगरपालिका–१ मा निर्वाचन आजै हुँदै छ ।राप्ती र खैरहनीमा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । भरतपुर–४ र माडी –१ मा वडा समिति टुङ्गिएको र क्षेत्रीय प्रतिनिधिका लागि सर्वसम्मत्को प्रयास भइरहेको छ । अन्य बाँकी रहेका वडामा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । सभापति श्रेष्ठका अनुसार आज र भोलिमा वडा अधिवेशन टुङ्गो लाग्ने छ । जिल्लामा रहेका सात पालिकामा ९८ वडा छन् । वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनको तयारी गरिने छ ।

महाधिवेशनकै सिलसिलामा यही भदौ २७ गते नगर अधिवेशन हुने छ । जिल्लामा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका छन् । अगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । असोज ५ गते क्षेत्रको अधिवेशन हुने निर्वाचन तालिका छ । तालिका अनुसार असोज १० गते जिल्ला अधिवेशन हुने छ । जिल्ला सभापति पदमा ८ जनाको दाबी गरिरहेका छन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्