एमसीसी का बारेमा राजनीतिकरण गर्न खोजिएको छ : देउबा

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको  बताएका छन्  ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गर्न र राजनीतिकरण गर्न खोजिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपालको बिकासका लागि एमसीसी एकाएक आएको बिषय नभएको र कानूनी प्रक्रिया पुरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताउनुभएको कांग्रेस सचेतक पुष्पा भुसालले बतायिन् । नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताएको भुषालले बतायिन । एसीसीका बारेमा अन्य दलसंगपनि छलफल र सम्बाद गरिने भूसालले जानकारी दियिन् ।

बैठकमा देउवाले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थीत हुन निर्देशन दिएका थिए । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद बैठकमा अध्यादेश पेश गर्ने जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेश गर्ने र अन्य अध्यादेशलाई पनि क्रमश पेश गर्ने कांग्रेस सचेतक भुसालले बतायिन् ।

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका बारेमा जानकारी गराउनुभएको र बुधबारको संसद बैठकमा सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पेश गर्ने बताएका थिए । संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपरान्ह चार बजे बोलाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्