कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुने

tatyanka
Ad
  • कालोपाटी सम्बाददाता

केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने गरि परिमार्जित कार्यतालिका सार्वजनिक गरेको छ ।

बिभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्ममा सम्पन्न गर्ने गरि परिमार्जित कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि २०७८ जेष्ठ २४ देखि असार ८ गतेसम्मका जनगणना गर्ने भनिएपनि कोरोनाका कारण स्थगीत गरिएको थियो । राष्ट्रिय जनगणना प्रक्रिया भने भदौ २० गतेदेखि नै सुरु हुने बिभागले जनाएको छ । जसअनुसार सुपरिवेक्षकको नियुक्ति, तालिम , घर तथा घर परिवार सुचिकरण कार्य, गणकको नियुक्त र तालिम लगाएका छन् । गणकको तालिमपछि मूल गणना सुरु गरिने केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । उहाले जिल्लाहरुमा जनगणनाको तयारी निरन्तर भइरहेको पनि बताए । श्रेष्ठले जनगणनामा काठमाडौं जिल्लामा भने ट्याबलेट प्रयोग गरिने जानकारी दिए । त्यस्तै जनगणनाका समयमा कोरोना महामारी न्युन हुने जानकारी स्वास्थ्य मन्त्रालयका बिज्ञहरुबाट आएको उनले बताए ।

हाल ७ वटा प्रदेश जनगणना कार्यालय तथा ८० वटा जिल्ला जनगणना कार्यालय सञ्चालनमा रहेको र ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने क्रममा रहेको बिभागले जनाएको छ । नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो भने त्यसपछि महामारीका कारण दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्