आफना १४ सांसदमाथिको कारवाहीको माग गर्नुको कुनै अर्थ छैन : अध्यक्ष माधव नेपाल (भिडियो सहित )

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफना १४ सांसदमाथिको कारवाहीको माग गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले सर्वोच्चले नै कुनै ह्वीप नलाग्ने निर्णय गरेको अवस्थामा एमालेले गरेको कारवाही मागको कुनै अर्थ नरहेको बताए । बुधबार कारवाही सिफारिस गरिएका आफ्ना १४ सांसदलाई सभामुखले निष्काशन नगरेको र पार्टीले कारवाही गरेको व्यक्ति संसदमा उपस्थीत भएको भन्दै सदन अवरुद्ध रहेको थियो । अध्यक्ष नेपालले एमालेले संविधान र कानून मिचेको बताए ।

त्यस्तै एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले एमाले संसदमा स्तरहिन चरित्र देखाएको टिप्प्णी गरिन् ।

यता एमाले सांसद खगराज अधिकारीले कानुन नियम, लोकतान्त्रीक व्यवस्था बिपरित सभामुखले काम गरेकाले सदन अवरुद्ध गरेको र माग पुरा नभएसम्म सदन चल्न नसक्ने बताए ।

त्यस्तै माओवादी सांसद बर्षमान पुन अनन्तले एमालेले संंसदीय मर्यादा बिपरित सदन अवरुद्ध गरेको बताए । उहाले आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा प्रश्न उठाउन नपाईने व्यस्था हुँदा एमालेले त्यसलाई स्वीकार गर्न नसकेको बताए ।

उनले सदनमा भएको बेठिक घटनालाई सच्चाउनुपर्ने धारणा राखे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्