विश्वप्रकाश शर्माको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा(भिडियो सहित )

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर रुद्राक्षको विरुवारोपण गर्दै कांग्रेस प्रवक्ता शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्  ।

बीपीले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार कांग्रेसले जित्नुपर्छ भनेको स्मरण गर्दै उहाले आमनिर्वाचन जिताउने संकल्प लिएर महामन्त्रीमा उम्मेदवारी घोषणा गरे । बिपीको संकल्प र युवाहरुको भावनालाई समेट्न आफुले भूमिका खेल्ने उनले बताए ।

कांग्रेस महाधिवेशनकाका लागि अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसकेका छन्।  प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताउदै आएका छन्  ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्