थप १२७१ जनामा कोरोना संक्रमण,१४ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

नेपालमा बिहीबार थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ८ सय ९८ पिसिआर परिक्षणका क्रममा १ हजार ५८ र ३ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६० हजार ८०६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ८ सय ४५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ३५ हजार ६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २८ हजार ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ६१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्