बिरोधका बीच बजेटसम्बन्धी तीन विधेयक पेश

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमाले को बिरोधका बीच सुरु भएको प्रतिनिधि सभाको बैठकमा बजेटसम्बन्धी तीन विधेयक पेश भएको छ। आज संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश  पेश गर्ने कार्यतालिका थियो ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । बैठकमा मन्त्री शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश, २०७८ , राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र बिनियोजन अध्यादेश २०७८ स्वीकृत भएको छ । त्यसअघि सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई उक्त अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिएका थिए । सुवालले भने नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताएका थिए। तर अध्यादेश पेश नगर्दा फिर्ता लिएको भन्ने ठानिने भएकाले सभामुखले प्रक्रिया अघि बढाएका थिए ।

बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएसंगै वर्तमान सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुलेको छ ।

प्रतिनिधि सभाको बैठक बैठक १५ मिनेट पछि पुन बस्ने छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्