सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ: हेर्नुहोस कसरि भएको थियो घटना

Ad
  • कालोपाटी सम्बाददाता

सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपी पक्राउ परेका छन् । पक्राउ पर्ने मृतकका आफन्त लाेकबहादुर कार्की हुन्  ।

गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो भने  उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरे पनि हत्याकाण्डको बारेमा केहि ठोस जानकारी भने पाएको थिएन।  अनुसन्धान अगाडी बढाउने क्रममा  प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्याराले व्यक्तिगत रिसिबीका कारण हत्या गरेको बायाँन दिएका छन्। लोकबहादुरले बिदेश जान नसकेको भनेर तेजबहादुर कार्कीले आफुलाई हेप्ने गरेको र हेपाई सहन नसकेर आफुले उनको हत्या गरेको बताएका छन्।

कसरि भयो हत्या ?

सोमबार बिहान लाेकबहादुर  घरबाट १०० मिटर टाडा तेजबहादुर लाइ कुरेरे बसेका थिए।  खेताला खोज्न निस्केका तेजबहादुर  लाइ देखेपछि लोकबहादुरले तेजबहादुर लाइ देखे र हमला गरे । तेजबहादुर लाइ हमला गर्दा घर को झ्यालबाट उनकी श्रीमती र बुहारीले देखेपछि  घर बाट निस्केका थिए।उनकी श्रीमती र बुहारीले देखे पछि लाेकबहादुरले कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्की लाइ लखेटेर हम्मरले हानेर हत्या गरेका थिए।

कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्की लाइ मारेको उनको ८ वर्षीय छोरा विपिन कार्की र ५ वर्षीय छोरि गोमा कार्की देखेपछि उनले  विपिन कार्की र गोमा कार्की लाइ पनि लखेटेर हत्या गरेका थिए।  पछि उनि घर फर्किए र प्रमाण मेट्नका लागि ८४ वर्षीय आमा पार्वती कार्कीको पनि हत्या गरे।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्