पार्टीमा फर्केर क्रियाशिल हुनुस : इश्वर पोखरेल

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशिल हुन आह्वान गरेका छन्  ।

एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा महासचिव पोखरेलले एमालेलाई नयाँ ढंगले अघि बढाइने भन्दै बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशिल हुन आह्वान गर्नुभएको हो ।

उनले एमालेले मुलुभर नै २०७५ जेष्ठ दुइ गते अघिकै आधारमा पार्टीलाई एकीकृत गर्दै अघि बढने र अन्य दलबाट आएकाहरुलाई उचित स्थान दिइने स्पष्ट पारे । उनले एमाले एकता चाहने पार्टी भएको भन्दै दुईचार जना चोइटिएर जादैमा कुनै फरक नपर्ने जिकिर गरे । पोखरेलले बिभाजनमा जाने माधव नेपालको कदम दुभाग्र्य रहेको बताए । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह पनि गरे ।

कार्यक्रममा दोलखा–काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्