बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग

landslide, pahiro
Ad
  • कालोपाटी सम्बाददाता

रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो ।

राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् । एउटा परिवारलाई न्यूनतम रु पाँच हजारदेखि बढीमा रु एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गरेका हुन् ।

सो समितिका सचिव गणेश कार्कीका अनुसार समाजले वडा नं ३ मा रहेको हिल स्वास्थ्यचौकीका लागि रु आठ लाख बराबरका भिडियो एक्स–रे, एनालाइजरलगायत स्वास्थ्य उपकरण÷सामग्रीसमेत प्रदान गरेको छ । समाजले यसअघि गाउँपालिकाको विपद् कोषमा रु १४ लाख जम्मा गरेको थियो । गाउँपालिका अध्यक्ष घर्तीले प्रवासी नेपालीले आफ्नो गाउँका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

समाजले गाउँपालिकामा हुने विपद्का घटनादेखि विकास निर्माणका अभियानमा सहकार्य गर्दै आएको उहाँले स्मरण गरे । ताराखोलासँगै गलकोट, लेखानी समाज जापानलगायत प्रवासी नेपालीले खोलेका सङ्घसंस्था मानवीय सेवाका काममा सक्रिय छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्