संखुवासभा हत्या प्रकरण : ६ जनाको हत्या भएको घटनाका आरोपी सार्वजनकि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ जनाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

लोकबहादुरले आफ्ना बडाबाबु ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको हत्या गरेको स्वीकार गरेका छन्।

सुरुमा बडाबाबु तेजबहादुरलाई दाउरा प्रहार गरी हत्या गरेको र त्यसपछि अरुलाई पनि लखेटी लखेटी हत्या गरेको उनले बयान दिएका छन् । उनका घर तलासी गर्दा प्रहरीले रगत लतपत कपडा फेला पारेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्