अवरुद्ध प्रतिनिधिसभाको  बैठक फेरी सुरु ।। LIVE

Ad
  • कालोपाटी सम्बाददाता

१५ मिनेटका लागि अवरुद्ध प्रतिनिधिसभाको  बैठक फेरी सुरु भएको छ ।

आइतबार बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका हुन् । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ । बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि आग्रह  गरेका थिए ।

सभामुखले बैठक नियमित अवरोध गर्दा अन्य सांसदको अधिकार सङ्कुचन हुने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न र संवादबाट नै सबै समस्याको निकासका लागि आग्रह गर्नुभयो । सर्वोच्च अदालतमा विचाराधीन न्याय निरुपणको विषय संसद्मा छलफल गर्न प्रतिबन्ध रहेको उनले स्मरण गराएका थिए। बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्