ट्राभल एड्भाइजरी हटाउ: पर्यटन क्षेत्रका छाता संगठन

Ad
  • कालोपाटी सम्बाददाता

पर्यटन क्षेत्रका छाता संगठनहरुले नेपाल सरकारले ट्राभल एड्भाइजरी हटाउन पहल गर्नुपर्ने माग गरेका छन् ।

आइतबार काठमाडौंको पर्यटन बोर्डमा आयोजित छलफलमा उनीहरुले अहिले पनि युरोप, अमेरिका, अष्ट्रेलियालगायत महत्वपूर्ण देशले ट्राभल एड्भाइजरी जारी गरी नेपाल आउन प्रतिबन्ध लगाएको भन्दै सरकारले ट्राभल एड्भाइजरी हटाउन पहल गर्नुपर्ने नजाएका हुन् । त्यस्तै उनीहरुले प्रतिस्थापन बजेटमार्फत १० दिनको काज बिदाको व्यवस्था तत्काल लागू गर्नुपर्ने माग गरेका छन् । मौद्रिक नीतिमार्फत घोषणा गरिएको सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्था होटल तथा पर्यटन उद्योगमा सहज र सरलरुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिन व्यवसायीले सराकारसमक्ष अनुरोध गरेका छन् ।

कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले मुख्य पर्यटकीय याममा पनि बुकिङ रद्द भइरहनुले व्यवसायीलाई थप निरास तुल्याएको बताए । उहाले पर्यटन उद्योगको संरक्षण र प्रवद्र्धनका लागि राज्यले घोषणा गरेका कार्यक्रमको कार्यान्वयनको वातावरण नबन्दा असहज परिस्थिति आएको जिकिर गरे । आफ्ना मागका बारेमा बारेमा सरकारले सरोकार नदिएको भन्दै अव आन्दोलनको बिकल्प नभएको उनले बताए ।

अध्यक्ष गुरागाइँले खोप लगाएर आउने विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल प्रवेशाज्ञा (भिसा) को व्यवस्था गरी हालको क्वारेन्टिन बस्नुपर्ने बाध्यता हटाउन सरकारसँग आग्रह गरे । त्यस्तै अन्य पेशाकर्मीहरुले सरकारले घोषणा गरेका कार्यक्रम चाँडो कार्यान्वयन नगरे व्यवसायी पलायनको अवस्था आउनसक्ने भन्दै पर्यटन पुनरुत्थान र प्रवद्र्धनका लागि साझा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्