७२ करोडको लागतमा औरही नदीको पुल निर्माणको कार्य सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

धनुषा । धनुषाको औरही नदीमा पुल निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा १० महिना अगावै पुल बनेको हो । निर्माणाधीन ढल्केवर–जटही ६ लेनको सडक खण्डको क्षीरेश्वरनाथ र मिथिला नगरपालिकाको सीमामा उक्त पुल निर्माण गरिएको हो ।

यहाँ एकै ठाउँमा तीन पुल निर्माण गरिएका छन् । विसं २०७८ चैत मसान्तसम्ममा पुल निर्माण गर्ने सम्झौता भएको थियो । सरकार र ठेकेदार कम्पनी ‘कालिका टु दि रसुवा जेभी’बीच २०७६ असोज १ गते उक्त सम्झौता भएको थियो । कम्पनीका इञ्जिनीयर कृष्ण ढुङ्गेलका अनुसार गत असार पहिलो सातादेखि उक्त पुल सवारी साधन सञ्चालनका लागि खुला गरिएको छ । ७२ करोडको लागतमा पुल निर्माण गरिएका हुन् ।

पुलको लम्बाइ ९० मिटर र चौडाइ १३ मिटर रहेको छ । उक्त पुलभएर एकैपटक तीन सवारीसाधन एकतर्फी रुपमा चलाउन सकिने ढुङ्गेलले बताउनुभयो । पैदल यात्रुका लागि समेत छुट्टै लेन निर्माण गरिएको छ । यसअघि उक्त ठाउँमा एउटा पुल निर्माण भई सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्