“बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास” पुस्तक लोकार्पण

Ad
  • कालोपाटी सम्बाददाता

डा रुद्र शर्मा र सीए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बिमोचन गरिएको छ ।

बिमोचन गरिएको पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानूनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानूनलाई समाज र आर्थिक बिकासमा जोडेर विश्लेषण गरिएको छ ।

पुस्तकका लेखकमध्ये डा शर्मा संविधानविद्समेत हुन् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

पुस्तक बिमोचन समारोहमा विभिन्न अथितिहरुले नेपाली समाजमा सो बौद्धिक सम्पत्ति कानूनको आवस्यकताबारे  बोलेका थिए । समारोहमा बोल्दै पुस्तकका लेखक डा शर्माले अहिले राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षमा बौद्धिक सम्पत्तिको विषयमा चौतर्फी बहस भएकाले सो पुस्तक लेखन र लोकार्पण सही समयमा गरिएको बताए ।

उनले सो पुस्तकमा बौद्धिक सम्पत्ति सम्बन्धि कानूनलाई सहज र सरल भाषामा प्रस्तुत गरिएकोसमेत बताए । पछिल्लो समय चर्चामा रहेको एमसीसीलाई लिएर पनि बौद्धिक सम्पत्तिको बहस छेडिएकाले सो पुस्तकले बौद्धिक सम्पत्तिको विषयलाई बुझ सजिलो बनाउने दाबीसमेत गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्