उदयपुरका शैक्षिक संस्था खुल्न थाले

Ad
  • कालोपाटी सम्बाददाता

कोरोना भाइरस कोभीड १९ को दोश्रो भेरियन्टका कारण बन्द उदयपुरका शैक्षिक संस्था खुल्न थालेका छन् ।

कोरोन संक्रमण जोखिम बढे संगै देश भर गरिएको लकडाउनका कारण गत बैशाख १४ गते बाट बन्द भएका उदयपुर जिल्लाका शैक्षिक संस्थाहरु स्वास्थय सुरक्षाका मापदण्ड पालन गर्दै खुल्न थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले लागू गर्दै आएको निषेधाज्ञा पनि समेत खुकुलो पारिसकेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा कमि आउन थालेपछी जिल्लाका सामुदायीक तथा संस्थागत बिधालयहरु भौतिक रुपमै संचालित हुन थालेका हुन् ।

जिल्लाका अधिकांस बिधालय भौतिकरुपमै खुलेका भए पनि बिद्यार्थीलाई अनिवार्य माक्स र सेनिटाइजरको प्रयोग गराउदै कक्षा संचालन गरिएको छ। हाल संक्रमणको जोखिम पूर्णतः नसकिएकोले बिद्यालयहरुमा भिडभाड कम गर्न दुई सिफ्टमा पढाई संचालन गरिएको ज्योति मा.बि. बेल्टारका प्रधानअध्यापक राजकुमार ओझाले बताए ।

बिगत ५ महिना देखि बिद्यालय बन्द हुँदा बिद्यार्थीको भविष्य नै अन्धकार हुँदै गएको भन्दै अभिभावक चिन्तित हुँदै गरेको अवस्थामा भौतिकरुपमा पठनपाठन सुरु भएपछि उनीहरु खुशी भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्