‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्याएर सरकार जोगाउने छौं’ : एमाले नेता हिक्मत कार्की

Ad
  • कालोपाटी सम्बाददाता

झापा । नेकपा एमालेका नेता हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार जोगाउने बताएका छन् । एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरुले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताएका छन् ।

यससँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको उनले बताए । प्रदेशसभा सदस्य समेत रहेका एमाले नेता कार्कीले भने असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने बताए । उनले अघि भने, ‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्‍याएर सरकार जोगाउने छौं ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्