दशैँका लागि अग्रिम टिकट बुकिङ असोजको दोस्रो हप्ताबाट खुल्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । असोजको दोस्रो हप्ताबाट दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ । यातायात व्यवस्था विभागले दशैँका लागि असोजको दोस्रो हप्ताबाट टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै दशैँका लागि उपत्यका छोड्ने यात्रुहरुका लागि टिकट बुकिङ खुला गर्न लागेको हो । यसबारेमा सरकारसँगसमेत छलफल गरिएको विभागले जानकारी दिएको छ । यस्तै भाडादर, कोभिड स्वास्थ्य मापदण्ड तोक्ने विषयमा पनि छलफल गरिने विभागले जनाएको छ ।

यसअघिका दशैँमा करिब २० लाखले उपत्यका छाड्ने गरेका थिए । कोरोना महामारीको कारण गत वर्षको दशैँमा त्यो संख्या आधा घटेको थियो । दशैँका समयमा टाढा जाने यात्रुहरुका लागि सहजता प्रदान गर्नका लागि सरकारले प्रत्येक वर्ष अग्रिम टिकट बुकिङको व्यवस्था गर्दै आएको छ । दसैँका झन्डै २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्