रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रभित्र निषेधाज्ञा

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो।

कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए। अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् रहने छ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका-१७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म) ,पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका–१७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ती बुटवल उपमहानगरपालिका-१७ र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जग्गा (धन्दापुर सौरहियासम्म) तोकिएको छ। निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्