राष्ट्रिय सभाको बुधबारको बैठकमा पनि एमालेको अवरोध

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रिय सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ ।

बुधबार बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका राष्ट्रियसभा सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए । उनले सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नसक्ने बताए ।

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले पटक पटक बस्न आग्रह गरेपनि बिरोध कायमै रहेपछि कार्यसूचीमा रहेका बेहि बिषय हटाइएको थियो । बैठकले संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्