महसुल नबुझाउने २९ ग्राहकको लाइन काटियो

Ad
  • कालोपाटी सम्बाददाता

गुल्मी ।  गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका-२८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो । लाइन काटिएका ग्राहकले कूल छ लाख ५६ हजार १६.४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिनुभयो ।

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिनुभयो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्