साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । साढे ३८ लाख नगदसहित २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका ६ का ४५ वर्षीय कन्हैया प्रसाद सोनार र बाराको परवानीपुर गाउँपालिका ३ का २० वर्षीय दिपक कुमार सरार्फलाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका ६ माइस्थान चोकस्थित केपी ज्वेलर्सबाट दुबै जनालाई ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्