कर्णालीमा दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह सुरु

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ सुरु भएको छ । प्रदेश योजना आयोग र सयुक्त राष्ट्रसंघ नेपालको आयोजनामा राजधानी वीरेन्द्रनगरमा आजबाट सप्ताह सुरु भएको हो । दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य डा। दिपेन्द्र रोकायले जानकारी दिए ।

उनका अनुसार सप्ताहको पहिलो दिन शुक्रबार सर्बव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य बारे युएनडिपीका कर्णाली प्रमुख रफिक सिद्धिकी र कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्यांक तथा भावी रणनीतिको बारे सदस्य रोकायाले प्रस्तुतीकरण गरेका छन् ।

सप्ताहमा प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य माथी बहस संचालन गरिने छ । कर्णाली प्रदेशको समग्र विकासको लागि विभिन्न सरोकारवालाहरुसँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायतका विषयमा समेत छलफल हुने आयोगले जनाएको छ ।-रासस

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्