करेन्ट लागेर ओखलढुङ्गामा एकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

ओखलढुङ्गा । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका-९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए । रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्