जिल्ला प्रशासन कार्यालय झापाले दियो बजार अनुगमलाई तीव्रता

Ad
  • कालोपाटी सम्बाददाता

झापा । चाडपर्व नजिकएसँगै जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले दैनिक उपभोग्य वस्तुको व्यापारीले अनावश्यक मूल्य वृद्धि गर्ने र म्याद गुज्रिएका सामग्री बेचबिखन गरिरहेको अनुगमनका क्रममा पाइएको बताए । उनले जिल्लाका १५ वटै पालिकाका बजार क्षेत्रमा अनुगमन गरिरहेको जानकारी दिए । स्वास्थ्य, गुणस्तर तथा नापतौल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको समितिले खाद्यवस्तुको म्याद, गुणस्तर, मूल्य र नापलाई अनुगमनका क्रममा हेरिने गरेको उनको भनाइ छ ।

अनुगमनमा धेरैजसो बिस्कुट, चाउचाउ, चिजवल, सुजी, पिठो, पापड, दाललगायतका सामग्रीको म्याद गुज्रिएको फेला पारेको उनले बताए । जफत गरिएका सामग्री प्रहरीमार्फत नगरपालिकालाई डिस्पोज गर्न लागि पठाइएको छ । मापदण्डअनुसार व्यवसाय नगर्नेलाई मौखिकरुपमा सचेत गराइएको सहायक प्रजिअ रिमालले जानकारी दिए ।स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताइएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्