वन्यजन्तुको छालासहित चार जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७ स्थित एक होटलबाट संरक्षित वन्यजन्तुको सूचीमा रहेका हाबे्रलगायतको छालासहित चारै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई डिभिजन वन कार्यालयलाई बुझाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्