सोज ४ गते पछि सरकार विस्तार हुन्छ : प्रचण्ड

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते पछि सरकार विस्तार हुने बताएका छन्  ।

शनिबार जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताए । अध्यक्ष प्रचण्डले असोज ४ गते पछि सरकार विस्तार हुनेमा कुनै संका नभएको ठोकुवा समेत गरे । त्यस्तै उहाँले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलिय लोकतान्त्रिक गठबन्धन नटुट्ने दावी गरे । गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसँग गठबन्धन रहिरह्ने बताए ।

अध्यक्ष प्रचण्डले मुलुकमा विवादित वन्दै गएको एमसीसीको विषयमा केपी ओलीको पालामा एमसीसीको सम्झौतामा गडवडी गरेको बताए । विकासको लागि पैसा चाहिएको हो तर त्यसको लागि सम्पुर्ण दलहरुसंग छलफल गरेर यसलाई कार्यान्वयन तर्फ लग्नुपर्ने र संसोधन गरेर नेपालमा लागु गराउनुपर्ने आफ्नो धारणा उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले संविधानको सर्मथन गर्ने बेला संशाधेन गर्ने सर्तमा आफुले हस्ताक्षर गरेको र अहिले पनि संविधान संशोधन हुन अझै बाँकी रहेको बताए । त्यस्तै, अर्को प्रसंगमा जनकपुरधामलाई महानगरपालिका वनाउनका लागि आफुले हर सम्भव प्रयास गर्ने र जनकपुरबासीलाई पनि आआफ्नो तर्फबाट पहल गर्न सल्लाह दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्